गोदावरीमा १ सय दिने रोजगारीका लागि आवेदन माग, चालु आवमा १४२ जनाले काम पाए

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले १ सय दिने रोजगारीका लागि आवेदन माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै आर्थिक बर्ष २०८०/०८१ का लागि १ सय दिने रोजगारी पाउनका लागि आवेदन माग गरेको छ ।

maya metro hospital

उक्त आवेदन वडा कार्यालयबाट दिन सकिने जनाइएको छ । आवेदन दिनका लागि फागुन मसान्त सम्मको समय तोकिएको छ । १ सय दिने रोजगारीका लागि १८ बर्ष देखि ५९ बर्षका नेपाली नागरिकले आवेदन दिन सक्ने नगरपालिकाको रोजगार संयोजक राम लाल भट्टले बताएका छन । उनले आवेदन दिनको लागि वडामा फारमा पाइने बताए ।

नगरपालिकाका अनुसार चालु आर्थिक बर्षमा आवेदन दिएकाले सिधै आर्थिक बर्ष २०८०/०८१ मा सहभागि हुन पाउँदैनन् । आर्थिक बर्ष २०८०÷०८१ को १ सय दिने रोजगारीमा सहभागिता हुनका लागि उनीहरुले पुनः आवेदन दिनु पर्ने जनाइएको छ ।

attariya hospital

रोजगार संयोजक भट्टले चालु आर्थिक बर्षमा १ हजार ५५८ जना १ सय दिने रोजगारीका लागि सुचिकृत भएकोमा १४२ जनाले मात्रै काम पाएको बताए ।

उनले चालु आर्थिक बर्षमा सबै वडाबाट कामदार छनोट गरेरे अधिकांस वडामा काम सुरु भइसकेको बताए । चालु आर्थिक बर्षको कार्यक्रमका लागि ८१ लाख ९९ हजार रकम विनियोजन गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.