अत्तरिया – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले बहुमत पाउन सकेनन् । बिहिबार विश्वासको मत लिनको लागि बोलाइएको बैठकमा रावलले विश्वासको मत पाउन नसकेका हुन ।

पुस २७ गते माओवादीका ११, एमालेका १०, नाउपाका ७ र राप्रपाका १ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका रावलले विश्वासको मत भने पाउन सकेनन् ।

नागरिक उन्मुक्ति पार्टी बैठकमा अनुपस्थित भएपछि मुख्यमन्त्रीले विश्वासको पाउन नसकेका हुन । १ महिना भित्र विश्वासको मत पाउन नसकेपछि उनी स्वतह पदमुक्त भएका छन् । संविधानको धारा १६८ को २ अनुसार २ वा २ भन्दा बढीको समर्थनमा एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

मुख्यमन्त्री रावलले विश्वासको मत नपाए संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलका हिसाबले कांग्रेसलाई सरकार बनाउने बाटो खुलेको छ ।
अब सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री बन्ने छन् ।
