धनगढीले खरिद गर्‍यो ‘गार्बेक कम्प्याक्टर’

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकाले सरसफाई गाडी खरिद गरेको छ । उपमहानगरपालिकाले नगर सरसफाइ प्रयोजनका लागि ’गार्बेक कम्प्याक्टर’ नामक सरसफाई गाडी खरिद गरेको जनाएको छ ।

maya metro hospital

साथै पालिकाले एक ट्याक्टर र ट्रलीपनि खरिद गरेको जनाएको छ । सरसफाई गाडी ७५ लाख र ट्याक्टर, ट्रली १२ लाख एक हजार लागतमा खरिद गरेको उपमहानगरले जनाएको छ । सरसफाई गाडी र ट्याक्टर कार्यालयमा ल्याईसकेको र ट्रली एकहप्ता भित्र पुग्ने जनाएको छ ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.