डडेल्धुरामा सुकुम्बासीलाई लालपुर्जा वितरण सुरु

डडेल्धुरा – डडेल्धुरामा लालपुर्जा वितरण सुरु गरिएको छ । जिल्लामा पहिलो पटक आलिताल गाउँपालिकाबाट लालपूर्जा वितरण थालिएको हो ।

maya metro hospital

बुधबार आलिताल गाउँपालिका–८ बाट लालपुर्जा वितरण सुरु गरिएको राष्ट्रिय भूमि आयोग डडेल्धुराका अध्यक्ष शेरबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार २१ परिवार सुकुम्बासीलाई लालपूर्जा वितरण गरिएको हो ।

joshi vada pasal 2

आलिताल गाउँपालिकाका १९ सय भूमिहीन र अव्यवस्थित बसोबास भएका घरपरिवारले आयोगमा निवेदन दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.