सुदूरपश्चिम लोकसेवा आयोगले माग्यो ९८ जना कर्मचारी

अत्तरिया – प्रदेश लोक सेवा आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले ९८ जना कर्मचारी माग गरेको छ । प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा तर्फ सहायक चौथो तहका अप्राविधिक पदहरुमा ९८ कर्मचारी माग गरेको हो ।

maya metro hospital

जसमध्ये ५५ जना खुला, १५ जना महिला, १८ जना आदिवासी जनजाती, ७ जना मधेशी, २ जना दलित र १ जना थारु/रानाथारु समुहका लागि विज्ञापन खोलिएको छ ।उक्त विज्ञापनका लागि फागुन १७ गते सम्म आवेदन दिने म्याद तोकिएको छ । जसमा दोब्बर दस्तुर तिरेर भने फागुन २४ गते सम्म आवेदन दिन सकिने छ ।

joshi vada pasal 2

आवेदकको न्यूनतम योग्यता एसएलसी/एसईई तोकिएको छ । ग्रेडको हकमा जीपिए २ वा सो भन्दा माथि हुनुपर्ने छ । उक्त पदमा आवेदन दिनका लागि ३ सय रुपैयाँ शुल्क तोकिएको छ । समावेशी समुहका लागि भने थप १५० तिर्नुपर्ने आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

आवेदकहरुको छनोटका लागि लिखित, कम्प्युटर सीप परीक्षण र अन्तर्वाता लिइने आयोगले जनाएको छ । छनोट परीक्षाको मिति भने पछि तोकिने जनाइएको छ ।
आवेदकले अनलाइनबाट फारम भर्न सक्ने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.