खेलकुदमय बने विद्यालय

अत्तरिया – पालिका भरीका विद्यालय सहभागि भएर खेलकुद प्रतियोगिता आयोजना गरिएपछि अहिले विद्यालयहरु खेलकुदमय बनेका छन । २०६६ सालदेखि सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको १३ औं संकरण अन्तरगत पालिका स्तरिय खेलकुदका कार्यक्रम संचालन हुन थालेपछि अहिले विद्यालय खेलकुदमय बनेका हुन् ।

maya metro hospital

कैलालीको गोदावरी नगरपालिका र कृष्णपुर नगरपालिकामा बुधबार देखि प्रतियोगिता विधिवत रुपमा सुरु भएको छ । गोदावरीमा भइरहेको प्रतियोगितामा ३३ विद्यालय सहभागि छन कृष्णपुरमा आयोजित प्रतियोगितामा २३ विद्यालय सहभागि छन् ।

joshi vada pasal 2

गोदावरी नगरपालिका – ६ शैलेश्वरी मावि बडेहाँमा सुरु भएको प्रतियोगिताको नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले उद्घाटन गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख भट्टले गोदावरीको समग्र विकासका लागि खेलकुदको महत्तपूर्ण भूमिका हुने बताए । उनले गोदावरी नगरपालिका भित्र शैक्षिक गुणस्तर न्यून भएकाले त्यसको सुधारका लागि पनि सबैको पहल आवश्यक रहेको बताए । ‘गोदावरी साक्षरतामा अगाडी भएपनि शैक्षिक गुणस्तर न्यून छ’ उनले भने ‘हामीले आफ्नो जिम्मेवारी बोधका साथ अगाडी बढ्न सकेमा यस क्षेत्रको शिक्षाको विकास टाढा छैन ।’

उनले खेलाडीहरुलाई अनुशासीत भएर खेल्न आग्रह गर्दै रेफ्रिहरुलाई हाम्रो भन्दा पनि राम्रो खेलाडीलाई प्रोत्साहन गर्न आग्रह गरे । उनले नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट विजयी भएर राष्ट्रिय स्तरमा पुग्ने खेलाडीलाई नगरपालिका आवश्यक सहयोग गर्ने आश्वासन दिए ।

गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाले विद्याथी भबिष्यका कर्णधार भएको बताइन । ‘यी बालबालिका भोलि गएर देश चलाउन अग्रसर हुन्छन’ उनले भनीन ‘अहिले पनि विद्यालयमा धेरै समस्या छन । ति सबै समस्या सामाधान गर्न आवश्यक छ । विद्यालयमा भौतिक पुर्वाधार संगै विद्यालयमा अनुशासन पनि आवश्यक छ ।’

नगरपालिकाका प्रमुख प्रकाशकीय अधिकृत बसन्त कुमार खत्रीले विद्यालयमा पठनपाठनका संगै अतिरिक्त क्रियाकलाप पनि आवश्यक रहेको बताए । उनले बालबालिकाको मानसिक संगै शारिरीक संम्वेदनात्मक विकासका लागि खेलकुदा अपरिहार्य हुने बताए । ‘अहिले बालबालिकाहरु बढीजसो मोबाइलमा झुण्डिने गरेका छन’ उनले भने ‘यी कुरालाई न्यूनिकरण गर्नका लागि खेलकुदका कार्यक्रम आवश्यक छन ।’

उनले कोरोना महामारीका कारण विगत केही बर्ष खेलकुदका कार्यक्रम हुन नसकेको बताए । प्रतियोगिताका संयोजक रविन्द्र खनालको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा बिभिन्न वडाका वडाअध्यक्ष लगायत शिक्षक विद्यार्थी, खेलाडीको सहभागिता रहेको थियो । माघ २८ गतेसम्म संञ्चालन हुने प्रतियोगितामा १९ सामुदायिक र १४ संस्थागत विद्यालय सहभागि छन । प्रतियोगितामा भलिबल, कबड्डी, मार्सलआर्ट, एथलेटिक्स र फुटबल खेल खेलाइने जनाइएको छ ।

प्रदेश प्रमुख जोशीद्धारा उद्घाटन

कृष्णपुरमा सुरु भएको प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै प्रदेश प्रमुख जोशीले खेल मानव जिवनका लागी र राष्ट्रका लागी अत्यन्तै महत्वपुर्ण भएको बताए । उनले व्यक्तिको व्यक्तित्व विकाश र स्वस्थ जिवनका लागी पनि खेलकुदको भुमिका महत्वपुर्ण रहने बताए । पाठ्यक्रमले खेलकुदलाई अतिरिक्त क्रियाकपलाको रुपमा मानेपनि खेलकुद मानव जिवनका लागी अनिवार्य भएको जोशीले बताए । खेलकुदले सहकार्यको भावनाको विकाश र निरन्तर रुपमा काम गर्नका लागी प्रत्यत्न गर्न पनि सिकाउने उनले बताए ।

कार्यक्रमको सभापतित्व ग्रहण गरिरहेका कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले खेलकुद स्वास्थ्यका लागी मात्रै नभई विकाशका लागी, अनुशासनका लागि र आपसी भाईचाराका लागि पनि जरुरी रहेको बताए । उनले खेलकुदले मानिसलाई अनुशासीत बन्न सिकाउनुका साथै आपसी भाईचाराको सम्बन्ध स्थापित गर्नमा पनि सहयोग पु¥याउने बताए । ‘खेलकुदका कार्यक्रमहरुमा युवाहरुलाई एकिकृत गर्न सके समाजमा जरो गाडेर बसेको लागुऔषधलाई पनि निस्तेज पार्न सकिन्छ’ उनले भने ‘खेलकुदका कार्यक्रमहरुले युवाहरुको प्रतिभा पनि प्रस्फुटन गराउने काम गर्दछ ।’

उनले मावि तहका विद्यार्थीका लागी राष्ट्रपति रनिङ सिल्ड आयोजना भएपनि आधारभुत तहहरुका लागी कृष्णपुर नगरपालिकाले खेलकुद सम्बन्धी कार्यक्रम ल्याउने तयारी गरिरहेको बताए । उनले खेलकुदलाई नै आत्मसाथ गर्दै नगरपालिकाले केही समय पछि मेयर कप पनि आयोजना गर्ने बताए । उनले नगरपालिकाले शिक्षा, स्वास्थ्य, खेलकुद लगायत सबै विषयमा काम गरिरहेको र नगरको प्राथमिकताका क्षेत्रमा ति कुराहरु समावेश गरिएको बताए । उनले खेलकुदलाई विशेष महत्वका साथ हेरी नगरमा मिनि कर्बडहल निर्माण गरिने समेत उनले बताए । उनले त्यसका लागी स्थानको खोजी भैरहेको बताए । उहाँका अनुसार नगरपालिकाले एक वडा एक खेलमैदानको अवधारणा अनुसार वडाहरुमा पनि खेलमैदान निर्माण गर्ने तयारी सुरु गरेको छ ।

कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन नगरपालिकाका सुचना अधिकारी प्रेम बहादुर बोगटीले गरेका थिए ।

प्रतियोगितामा १३ सामुदायिक र १० संस्थागत विद्यालय सहभागि छन । प्रतियोगितामा १०५ स्वर्ण पदकका लागि एकहजार भन्दा बढी खेलाडीहरुले प्रतिष्पर्धा गर्नेछन । प्रतियोगितामा भलिबल, कबर्डी, एथलेटिक्स र मार्सल आर्टसका विभिन्न विधाका खेलहरु आयोजना भैरहेका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.