अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बुधबार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले प्रतियोगीताको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रदेश प्रमुख जोशीले खेल मानव जिवनका लागी र राष्ट्रका लागी अत्यन्तै महत्वपुर्ण भएको बताए । उनले व्यक्तिको व्यक्तित्व विकाश र स्वस्थ जिवनका लागी पनि खेलकुदको भुमिका महत्वपुर्ण रहने बताए । पाठ्यक्रमले खेलकुदलाई अतिरिक्त क्रियाकपलाको रुपमा मानेपनि खेलकुद मानव जिवनका लागी अनिवार्य भएको जोशीले बताए । खेलकुदले सहकार्यको भावनाको विकाश र निरन्तर रुपमा काम गर्नका लागी प्रत्यत्न गर्न पनि सिकाउने उनले बताए ।
कार्यक्रमको सभापतित्व ग्रहण गरिरहेका कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले खेलकुद स्वास्थ्यका लागी मात्रै नभई विकाशका लागी, अनुशासनका लागी र आपसी भाईचाराका लागी पनि जरुरी रहेको बताए । उनले खेलकुदले मानिसलाई अनुशासीत बन्न सिकाउनुका साथै आपसी भाईचाराको सम्बन्ध स्थापित गर्नमा पनि सहयोग पु¥याउने बताए । ‘खेलकुदका कार्यक्रमहरुमा युवाहरुलाई एकिकृत गर्न सके समाजमा जरो गाडेर बसेको लागुऔषधलाई पनि निस्तेज पार्न सकिन्छ’ उनले भने ‘खेलकुदका कार्यक्रमहरुले युवाहरुको प्रतिभा पनि प्रस्फुटन गराउने काम गर्दछ ।’
उनले मावि तहका विद्यार्थीका लागी राष्ट्रपति रनिङ सिल्ड आयोजना भएपनि आधारभुत तहहरुका लागी कृष्णपुर नगरपालिकाले खेलकुद सम्बन्धी कार्यक्रम ल्याउने तयारी गरिरहेको बताए ।
उनले खेलकुदलाई नै आत्मसाथ गर्दै नगरपालिकाले केही समय पछि मेयर कप पनि आयोजना गर्ने बताए । उनले नगरपालिकाले शिक्षा, स्वास्थ्य, खेलकुद लगायत सबै विषयमा काम गरिरहेको र नगरको प्राथमिकताका क्षेत्रमा ति कुराहरु समावेश गरिएको बताए । उनले खेलकुदलाई विशेष महत्वका साथ हेरी नगरमा मिनि कर्बडहल निर्माण गरिने समेत उनले बताए । उनले त्यसका लागी स्थानको खोजी भैरहेको बताए । उहाँका अनुसार नगरपालिकाले एक वडा एक खेलमैदानको अवधारणा अनुसार वडाहरुमा पनि खेलमैदान निर्माण गर्ने तयारी सुरु गरेको छ ।
कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन नगरपालिकाका सुचना अधिकारी प्रेम बहादुर बोगटीले गरेका थिए ।
नगरमा आयोजना भएको राष्ट्रपनि रनिङ शिल्डमा नगरपालिका भित्रका १३ सामुदायिक र १० संस्थागत गरि जम्मा २३ विद्यालय सहभागी भएका छन । प्रतियोगितामा १०५ स्वर्ण पदकका लागि एकहजार भन्दा बढी खेलाडीहरुले प्रतिष्पर्धा गर्नेछन । प्रतियोगितामा भलिबल, कबर्डी, एथलेटिक्स र मार्सल आर्टसका विभिन्न विधाका खेलहरु आयोजना भैरहेका छन ।