गोदावरीमा आजदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुँदै

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा आजदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुँदै छ । शिक्षा, युवा तथा खेलकुद शाखा गोदावरी नगरपालिकाको आयोजनामा आजदेखि प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगिता गोदावरी नगरपालिका – ६ मा रहेको शैलेश्वरी मावि बडेहाँमा हुने जनाइएको छ ।
प्रतियोगितामा १९ सामुदायिक र १४ संस्थागत गरी ३३ वटा विद्यालयको सहभागिता रहने छन ।
प्रतियोगितामा भलिबल, कबड्डी, मार्सलआर्ट, एथलेटिक्स र फुटबल खेल खेलाइने जनाइएको छ । प्रतियोगिता माघ २८ गते सम्पन्न हुने जनाइएको छ ।

maya metro hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.