निर्वाचनमा बोलेका कुराहरुबाट बिमुख हुने छैन : बलायर

अत्तरिया – प्रतिनिधि सभा सदस्य विर बहादुर बलायरले आफुले निर्वाचनका समयमा बोलेका कुराहरुबाट बिमुख नहुने बताएका छन । मंगलबार नेपाली कांग्रेस क्षेत्र नं. ४ ले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन ।

maya metro hospital

उनले आफुले निर्वाचनका समयमा बोलेका हरेक कुराहरुको ज्ञान अझै भएको र त्यसको झल्को आफुले संघिय संसद बाट पनि दिईसकेको बताए । ‘निर्वाचनका बेला मैले बोलेका कुराहरुबाट म बिमुख हुदैन’ उनले भने ‘आफ्नो जिम्मेवारीबाट पछाडी हट्ने काम हुदैन ।’ उनले देशमा भएको संविधानको अपदस्त गर्ने काम हुन लागेको समेत बताए ।

joshi vada pasal 2

उनले संविधान अपदस्त भयो भने देश गृहयुद्धमा जाने र देश वर्षाै पछाडी धकेलिने हुँदा संविधानको रक्षा गर्न जरुरी रहेको बताए । उनले संविधान गुमाए नेपालको वर्तमान राजनितिको हैसियत अर्काे संविधान निर्माण गर्न सक्ने क्षमताको नभएको समेत बताए । उनले संविधानको संरक्षण र संवद्र्धन गर्ने पहिलो नैतिक कर्तव्य कांग्रेसको भएको बताए । ‘संविधान अपदस्त गरी देशलाई गृहयुद्धमा लैजाने काम हुदैछ । त्यसैले संविधानको संरक्षण गर्न जरुरी छ । त्यो काम गर्ने पहिलो नैतिक कर्तव्य कांग्रेसको हो । किनकी कांग्रेसकै नेतृत्वमा संविधान लेखिएको हो’ उनले भने । उनले कांग्रेसका कार्यकर्ता र नेताहरुले बढी सक्रिय हुनुपर्ने अवस्था रहेको बताए ।

उनले संविधानको रक्षाका लागी कांग्रेस सदैव अग्रपंतिमा रहेको बताए । फरक विषयवस्तुमा बोल्दै उनले कांग्रेसका नेता कार्यकर्ताहरुले जनतालाई काम गरेर देखाउन जरुरी रहेको बताए । उनले जनताले बोलेर भन्दा पनि काम गरेर देखाए मात्रै पत्याउने बताए । ‘जनताले बोलेर पत्याउने हैनन, काम गरेर देखाए मात्रै पत्याउने हुन’ उनले भने ‘त्यसैले बोल्ने भन्दा पनि जनताको बिचमा गएर काम गनेर देखाउनु पर्छ ।’ उनले गोदावरीधामको विकासका विषयमा आफुले नगरप्रमुखलाई डिपिआर तयारी गर्न भनिसकेको बताए । उनले राजधानी निर्माण गर्नुपर्ने पनि चुनौतीको विषय रहेकाले त्यसका लागी पनि आफु कटिबद्ध भएर लागेको बताए ।

नेपाली कांग्रेसका कैलाली क्षेत्र नं. ४ का सभापति बसन्त रोकाया (ललित) को अध्यक्षतमा आयोजना भएको कार्यक्रममा नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्यद्धय प्रकाश बहादुर बम र तुलसी देवकोटाको सभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.