सुदूरपश्चिम लोकसेवा कार्यालयले छनोट गरेका वनरक्षक कार्यक्षेत्रमा खटिदै

धनगढी – सुदूरपश्चिम प्रदेश लोकसेवा कार्यालयले छनोट गरेका वनरक्षक कार्यक्षेत्रमा खटिन थालेका छन । प्रदेश लोकसेवा आयोग परीक्षाबाट छनोट भएका १६७ जना वनरक्षक सुदूरपश्चिमका सबै जिल्लाका सबडिभिजन कार्यालयमा खटाइन थालिएको हो । एउटा सबडिभिजन कार्यालयमा नौ जना कर्मचारीको दरबन्दी रहने बताइएको छ ।

maya metro hospital

सोही अनुसार डिभिजन वन कार्यालय पहलमानपुरका अन्तरगतका सव डिभिजन कार्यलय सुखड, साँडेपानी, बौनिया, लम्की, भजनी, टीकापुर, फलेबिसौना लगायत १० वटा कार्यालयमा ३१ जना वनरक्षक सोमबारदेखि नै हाजिर भएर कार्यक्षेत्रमा खटिएका छन् ।

lotus school

त्यस्तै कैलालीको धनगढी डिभिजन कार्यालय अन्तर्गतका सबडिभिजन कार्यालयमा २५ जना वनरक्षक खटिएका छन् । डिभिजन प्रमुख रिजालले सबडिभिजन कार्यालयमा रहेको दरबन्दीअनुसार कर्मचारी भएमा वन संरक्षणमा काम गर्न सहज हुने बताए ।

attariya hospital

वनरक्षकको ९० प्रतिशत कोटा पूरा भएको छ भने वन अधिकृत र रेन्जरको नतिजा आउन बाँकी रहेको जनाइएको छ । अधिकृतस्तरको परीक्षा सङ्घीय लोकसेवा आयोगले लिएको हो भने रेन्जरको परीक्षा प्रदेश लोकसेवा आयोगले लिएको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.