अत्तरियामा एड्भान्स कटाई सिलाई तालिम सम्पन्न

अत्तरिया – कैलालीको अत्तरियामा सञ्चालित एड्भान्स कटाई सिलाई तालिम सम्पन्न भएको छ । गोदावरी नगरपालिकाको आयोजनामा यही कार्तिक १६ गतेदेखी सुरु भएको ३ महिने एड्भान्स कटाई सिलाई तालिम सम्पन्न भएको हो ।

maya metro hospital

सोमबार एक कार्यक्रमका बिच नगरप्रवत्ता गोपाल दत्त भट्टको अध्यक्षतामा तालिमको समापन गरिएको थियो । कार्यक्रममा बोल्दै भट्टले नगरपालिकाले विपन्न र दलित महिलाहरुलाई आत्मनिर्भर बनाउन नगरपालिकाले तालिम सञ्चालन गरेको बताए । उनले नगरबासीलाई व्यवसायीक बनाउन नगरले यस्ता तालिमहरु आगामी दिनहरुमा पनि आयोजना गर्दै जाने बताए ।

joshi vada pasal 2

समापन कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. २ का सदस्य डबल बहादुर साउँद, नगरपालिकाका आर्थिक विकास अधिकृत तथा कार्यक्रमका सम्पर्क व्यक्ति लोक बहादुर खड्का, उद्यम विकास सहजकर्ताद्धय नरेश साउँद र दिपेन्द्र वलीको सहभागीता रहेको थियो ।

तालिममा २० जना महिलाहरु सहभागी रहेका थिए । आर्थिक रुपले विपन्न तथा व्यवसाय गर्न चाहने महिलाहरुका लागी तालिम सञ्चालन गरिएको उद्यम विकास सहजकर्ता नरेश साउँदले बताए । उनले गत वर्ष आधारभुत कटाई सिलाई तालिम लिएकाहरुलाई यस वर्ष पुर्नताजगी तालिम स्वरुप उक्त तालिम प्रदान गरिएको बताए । तालिमको प्रशिक्षकका रुपमा मोति चौधरी रहनुभएको थियो ।

यसैबीच तालिमको समापन कार्यक्रममा तालिममा सहभागी महिलाहरुलाई २० थान सिलाई मसिन समेत प्रदान गरिएको छ । उद्यम विकास सहजकर्ता साउँदले तालिममा सहभागीहरुलाई व्यवसाय विस्तारका लागी सामग्री प्रदान गरिएको बताए ।

उनले सिप सिकेपछि आर्थिक उपार्जनका लागी सामग्री आवश्यक भएको सहभागीबाट गुनासो आएपछि उक्त सामग्रीहरु सहयोग गरिएको बताए ।

यसका साथै तालिमका सहभागीहरुले तिन महिनासम्म सिलाईएका लुगाहरु पनि प्रदान गरिएको छ भने २० थान कैँची पनि प्रदान गरिएको छ । नगरपालिकाले गरिबी निवारणका लागी लघुउद्यम विकास कार्यक्रम अन्र्तगत ५ लाख २० हजार बजेट छुट्याएर उक्त तालिमको आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.