बैतडीबाट चरेश सहित १ जना पक्राउ

बैतडी – बैतडीबाट लागु औषध चरेश सहित एकजना पक्राउ गरेका छन् । डिलाशैनी गाउँपालिका – ६ गोकुलेश्वरका ५९ बर्षीया दत्तराम नाथलाई ३८ ग्राम चरेश सहित शनिबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

maya metro hospital

गोकुलेश्वरमा रेनुका खुद्रा पसल सञ्चालन गरिरहेका नाथले पसलबाटै चरेशको कारोबार गर्ने गरेको सूचनाका आधारमा खानतलासी गर्दा उनलाई चरेश सहित पक्राउ गरिएको हो । पक्राउ परेका नाथमाथि अदालतबाट ३ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए ।

joshi vada pasal 2

यसअघि गएको हप्ता बैतडीमा चरेश सहित ३ जनालाई पक्राउ गरिएको थियो । पक्राउ परेका सबैमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.