गौशालाका लागि जुट्यो जनसहभागिता

अत्तरिया – गौशालाका लागि आयोजित महायज्ञमा उल्लेख्य जनसहभागिता जुटेको छ । जनताको सहभागिताबाट गौशाला निर्माणको लागि कैलालीको गोदावरी नगरपालिका – ८ स्याउलेमा आयोजित सप्ताह ज्ञान महायज्ञ उल्लेख्य जनसहभागिता जुटेको हो । गौशालाका लागि आयोजना गरेको महायज्ञमा स्थानीयले खुलेर दान गरेको महायज्ञ व्यवस्थापन समितिका संयोजक गोपाल देउवाले बताए ।

maya metro hospital

उनले सोचेभन्दा पनि राम्रो जनसहभागिताले स्याउलेमा गौशाला निर्माणका लागि हौसला थपेको बताए । ‘महायज्ञ लगाउनुको मुख्य उद्देश्य गौमाताको संरक्षण गर्नु थियो । त्यसमा धेरै हद सम्म हामी सफल भएका छौ । महायज्ञबाट गौशाला निर्माणको सुरुवात भएको छ’ उनले भने ‘अब यस क्षेत्रमा गौशाला बन्छ ।’

joshi vada pasal 2

स्याउले बजारमा रहेको विश्वनाथ महादेव मन्दिरमा माघ १५ गतेदेखि २२ गतेसम्म महायज्ञ संचालन गरिएको थियो । मंन्दिरको स्तरोन्नती संगै गौशाला निर्माणका लागि आयोजना गरिएको महायज्ञमा ३३ जनाले तुलादान, ९८ जनाले सालीग्राम र ५ सय ८ जनाले कलश दान गरेको संयोजक देउवाले बताए ।

उनले महायज्ञमा करिब १३ लाख रुपैयाँ संकलन भएको बताए । यद्दपी महायज्ञको आयव्ययको हिसाव मिलाउन बाँकी रहेको छ । संयोजक देउवाले महायज्ञले गौशालाका लागि इटा थप्ने काम गरेको र, अब गौशालाको काम दु्रत गतिमा अगाडी बढाइने बताए । उनले भने ‘यसका लागि आगामी दिनमा सबै क्षेत्रसंग समन्वय गर्नेर्छौ । यसका लागि हामी यस क्षेत्रका सबै संग छलफल गरेर अगाडी बढ्ने छौ । सबैले सानो– सानो सहयोग गरे पनि हामी ठूलो काम गर्न सक्छौ ।’

महायज्ञ सुदूरपश्चिम प्रदेशसभा सदस्य खेमा देवी बिष्टको प्रमुख आतिथ्यमा समापन गरिएको थियो । महायज्ञको समापन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य बिष्टले गौशाला निर्माणका लागि महायज्ञ लगाउनु आफैमा सराहनीय कार्य भएको बताइन् । उनले महायज्ञले हिन्दु धर्म रक्षाका लागि पनि महत्तपुर्ण भूमिका खेल्ने बताइन् ।

‘नेपाल विश्वभर हिन्दु राष्ट्र भनेर चिनिने गरेको थियो । तर, पछिल्लो समय नचाहदा नचाहदै नेपालमाथी धर्म निरपेक्षता लादिएको छ । यहाँ महायज्ञ लगाएर हिन्दु धर्म रक्षा गर्ने काम पनि भएको छ’ उनले भनीन ‘महायज्ञ लगाएर मात्रै छाडा चौपायाको व्यवस्थापन हुँदैन । जब सम्म हामी हाम्रो व्यवहार सुधार्दैनै तव सम्म यसको व्यवस्थापन हुँदैन । त्यसका लागि दुध दुहिने बेला सम्म पाल्ने त्यसपछि लखेल्टे व्यवहार बदल्न आवश्यक छ ।’

उनले छाडा चौपायको संरक्षण गर्ने कार्य राज्यले मात्रै चाहेर सम्भव नभएको बताईन् । ‘नेपाल सरकारले मात्रै गरेर यसको व्यवस्थापन सम्भव छैन’ उनले भनीन् ‘यसका लागि जनताको सोच परिवर्तन हुन आवश्यक छ । सबैले यसमा हातेमालो गर्न आवश्यक छ ।’

उनले गौशाला निर्माणका लागि आफ्नो तर्फबाट सहयोग गर्न तयार रहेको बताइन् । ‘अपुरो मन्दिर बनाउने र गौशाला बनाउनको लागि प्रदेश सरकारबाट हुने सहयोग गर्न तयार छु’ उनले भनीन् ‘म प्रदेशसभामा गौशालाको बारेमा पनि बोल्ने गरेकी छु । अब पनि म बोल्ने छु । गौशालाको लागि म लाग्ने छु ।’

वडा नम्बर ८ का वडा सदस्य हरी चौधरीले महायज्ञले गौशाला निर्माण मात्रै नभएर गौ संरक्षणका लागि पनि जनचेतना जगाउने काम गरेको बताए । महायज्ञमा अच्युत शरण महाराजले प्रवचन गरेका थिए ।

सम्बन्धित समाचार : स्याउलेमा गौशाला निर्माणका लागि संचालित महायज्ञ सम्पन्न

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.