स्याउलेमा गौशाला निर्माणका लागि संचालित महायज्ञ सम्पन्न

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ८ स्याउलेमा संचालित सप्ताह ज्ञान महायज्ञ सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशसभा सदस्य खेमा देवी बिष्टको प्रमुख आतिथ्यमा आइतबार महायज्ञको समापन गरिएको छ ।

maya metro hospital

महायज्ञको समापन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य बिष्टले गौशाला निर्माणका लागि महायज्ञ लगाउनु आफैमा सराहनीय कार्य भएको बताइन् । उनले महायज्ञले हिन्दु धर्म रक्षाका लागि पनि महक्तपुर्ण भूमिका खेल्ने बताइन् ।

joshi vada pasal 2

‘नेपाल विश्वभर हिन्दु राष्ट्र भनेर चिनिने गरेको थियो । तर, पछिल्लो समय नचाहदा नचाहदै नेपालमाथी धर्म निरपेक्षता लादिएको छ । यहाँ महायज्ञ लगाएर हिन्दु धर्म रक्षा गर्ने काम पनि भएको छ’ उनले भनीन ‘महायज्ञ लगाएर मात्रै छाडा चौपायाको व्यवस्थापन हुँदैन । जब सम्म हामी हाम्रो व्यवहार सुधार्दैनै तव सम्म यसको व्यवस्थापन हुँदैन । त्यसका लागि दुध दुहिने बेला सम्म पाल्ने त्यसपछि लखेल्टे व्यवहार बदल्न आवश्यक छ ।’

उनले छाडा चौपायको संरक्षण गर्ने कार्य राज्यले मात्रै चाहेर सम्भव नभएको बताईन् ।

‘नेपाल सरकारले मात्रै गरेर यसको व्यवस्थापन सम्भव छैन’ उनले भनीन् ‘यसका लागि जनताको सोच परिवर्तन हुन आवश्यक छ । सबैले यसमा हातेमालो गर्न आवश्यक छ ।’

उनले गौशाला निर्माणका लागि आफ्नो तर्फबाट सहयोग गर्न तयार रहेको बताइन् । ‘अपुरो मन्दिर बनाउने र गौशाला बनाउनको लागि प्रदेश सरकारबाट हुने सहयोग गर्न तयार छु’ उनले भनीन् ‘म प्रदेशसभामा गौशालाको बारेमा पनि बोल्ने गरेकी छु । अब पनि म बोल्ने छु । गौशालाको लागि म लाग्ने छु ।’

महायज्ञ व्यवस्थापन समितिका संयोजक गोपाल देउवाले महायज्ञ भब्य रुपमा सम्पन्न भएको बताए । उनले महायज्ञमा उल्लेख्य संख्यामा दर्शनार्थीहरुको सहभागिता रहेको बताए । उनले महायज्ञबाट गौशाला निर्माणका लागि धेरैले सहयोग गरेको बताए ।

‘महायज्ञ लगाउनुको मुख्य उद्देश्य गौमाताको संरक्षण गर्नु थियो । त्यसमा धेरै हद सम्म हामी सफल भएका छौ । महायज्ञबाट गौशाला निर्माणको सुरुवात भएको छ’ उलने भने ‘अब यस क्षेत्रमा गौशाला बन्छ । यसका लागि आगामी दिनमा सबै क्षेत्रसंग समन्वय गर्नेर्छौ । यसका लागि हामी यस क्षेत्रका सबै संग छलफल गरेर अगाडी बढ्ने छौ । सबैले सानो– सानो सहयोग गरे पनि हामी ठूलो काम गर्न सक्छौ ।’

गौशाला निर्माण गर्ने संकल्पका साथ माघ १५ गने देखि महायज्ञ सुरु भएको थियो । महायज्ञमा अच्युत शरण महाराजले प्रवचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.