डडेल्धुराको एक कुखुरा फार्ममा आगलागी

डडेल्धुरा – डडेल्धुराको एक कुखुरा फार्ममा आगलागी भएको छ । अजयमेरु गाउँपालिका–१ पाली बस्ने काशिराम भाट र उद्धब भाटको कुखुराको फार्ममा आगलागी भएको हो ।

maya metro hospital

आगलागिबाट फार्ममा रहेका कुखुराका ८ सय चल्ला र कुखुराको दाना करिब ३ सय ४० बोरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्घुराले जनाएको छ ।

joshi vada pasal 2

बिद्युतको तार सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको पुर्ण विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.