रेशम चौधरीको मुद्दामा आज सुनुवाइ हुने

नागरिक उन्मुक्ती पार्टीका नेता एवं पूर्वसांसद रेशम चौधरीले आफूविरुद्ध जन्मकैदको फैसला खारेज हुनुपर्ने माग राखी दायर गरेको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

maya metro hospital

सर्वोच्च अदालतले रेशम सहित कैलालीको टीकापुर घटनामा दोषी ठहर भएकाहरुले दायर गरेको पुनरावेदनको मुद्दा आइतबार सुनुवाइका लागि पेशी तोकिएको हो ।

citizen security services

न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा. मनोजकुमार शर्माको इजलासमा रेशम सहित १२ जनाको मुद्दा सुनुवाइका लागि पेशी तोकिएको छ ।

attariya hospital

७ भदौं २०७२ मा कैलालीको टीकापुरमा थारुवान आन्दोलनका क्रममा एक नाबालक सहित ८ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो । उच्च अदालतबाट समेत टुंगिएर सर्वोच्च आइपुगेको त्यही मुद्दा आइतबार सुनुवाइका लागि पेशी तोकिएको हो ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.