अत्तरिया चोकमा ट्रकले मोटरसाइकलाई ठक्कर दिदाँ १ जना घाइते

अत्तरिया – कैलालीको अत्तरिया चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ १ महिला घाइते भएकी छिन । अत्तरिया चोकमा रहेको अम्बर आयल स्टोर अगाडी ट्रकले मोटरसाइकलाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार कैलालीको घोडाघोडीकी ३० बर्षीय चम्पा सुनार घाइते भएकी हुन ।

maya metro hospital

घाइते सुनारको अत्तरिया स्थित पदमा अस्पतालमा उपचार भइरहेको छ । उनको कम्मर मुनीको भागमा चोट लागेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका एक प्रहरीले बताए ।

joshi vada pasal 2

पेट्रोल पम्पमा तेल भरेको ना ५ ख २९२४ नम्बरको ट्रकले पेट्रोल पम्प अगाडी से ५ प ६९२ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक डोटीको बुडरका ३० बर्षीय लोकेश बिक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.