धनगढीबाट लागुऔषधसहित एक जना पक्राउ

धनगढी – कैलालीको धनगढीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन । लागुऔषध सहित धनगढी उपमहानगरपालिका–१३ का २३ वर्षीय सन्तोष राना पक्राउ परेका हुन ।

Karma Consultancy
belauri nagarpalika

धनगढी उपमहानगरपालिका–२ त्रिनगर चौकीबाट प्रहरी नायव निरीक्षक राजेन्द्र कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले रानालाई १ ग्राम ४३० मिलिग्राम लागुऔषधसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

citizen security services

लागुऔषधसहित पक्राउ परेका रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.