परशुराममा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भुवनेश्वरी मावि पहिलो

 

अत्तरिया – डडेल्धुराको परशुराम नगरपालिकाले आयोजना गरेको १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भुवनेश्वरी मावि परिगाउँ पहिलो भएको छ ।

maya metro hospital

माघ १८ देखि सुरु भएको प्रतियोगितामा २६ स्वर्ण, ३ रजत, ७ काश्य गरी ३६ पदक सहित भुवनेश्वरीले पहिलो स्थान हासिल गरेको हो । भुवनेश्वरी लगातार तेस्रो पटक पहिलो बनेको हो । प्रतियोगितामा सिताराम मावि कुर्मुल्ले दोस्रो भएको छ ।

उसले ५ स्वर्ण, ८ रजत र ६ काश्य सहित १९ पदक जितेको छ । तेस्रो स्थानमा चित्त बुझाएको सिद्धनाथ मावि जमपुरले ४ स्वर्ण, ८ रजत र ६ काश्य सहित १८ पदक जितेको छ ।

attariya hospital

प्रतियोगितामा नगरका १५ संस्थागत र १ निजी विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा ४१ विधा समेटिएका थिए । जसमा भागेश्वरी मावि बसैटी भने पदक बिहिन बन्यो ।

प्रतियोगिताको बुधबार संविधान सभा सदस्य नरभान कामीले उद्घटन गरेका थिए । प्रतियोगिताको समापनमा पुर्व राष्ट्रिय सभा सदस्य चक्र स्नेही प्रमुख अतिथि रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.