बैतडीमा एक युवक मृत फेला

बैतडी – बैतडीको पाटनमा डडेल्धुराका एक युवक मृत फेला परेका छन् । डडेल्धुराको नवदुर्गा गाउँपालिका ५ का अन्दाजी २६ बर्षीय पदम अवस्थी पाटन नगरपालिका ६ को गबरजलढ्वानी भीरमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

maya metro hospital

मृतकका आफन्त डडेल्धुराबाट बिहीबार साँझ पाटन आइपुगेका प्रहरीले जनाएको छ । अवस्थीको मृत्युका बिषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए ।

joshi vada pasal 2

अवस्थी किन र कहिले बैतडी आएका हुन भन्ने कुरा पनि खुल्न बाँकी रहेको छ । मृतकको शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.