कैलालीको चुरेबाट भरुवा बन्दुक सहित एक जना पक्राउ

अत्तरिया – कैलालीको चुरे गाउँपालिकाबाट भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । चुरे गाउँपालिका – ४ पनेरूवा शिबिर बस्ने ४८ बर्षीय जब्बर रोक्कामगर अवैध भरुवा बन्दुक सहित पक्राउ परेका हुन् ।

maya metro hospital

बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले बिहिबार रोक्कामगरको घर नजिककैको हल्दुको रूखको टोट्काबाट बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

joshi vada pasal 2

भरूवा बन्दुक सहित पक्राउ परेका रोक्कामगरलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.