धनगढीमा आजदेखि देउडा प्रतियोगिता सुरु हुँदै

धनगढी – कैलालीको धनगढीमा आजदेखि देउडा प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगिताको बिहान ११ बजे सुदूरपश्चिमकी विना बिभागिय मन्त्री सन्तोष थापा शर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

maya metro hospital

प्रतियोगितामा ३० समूहको सहभागिता रहने आयोजक देउडा प्रतिष्ठान केन्द्रले जनाएको छ । प्रतियोगिता सुदूरपश्चिम साहित्य प्रतिष्ठानको प्राङगणमा हुने जनाइएको छ ।

joshi vada pasal 2

प्रतियोगितामा प्रथम हुने समूहलाई ५० हजार नगदसहित प्रमाणपत्र, द्वितीयलाई ४०, तृतीयलाई ३० र सान्त्वना हुने समूहलाई २० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीले बताएका छन ।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले प्रबद्र्धनमा देउडा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता ३ दिन सम्म संचालन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.