बैतडीमा ८० हजार बाख्रालाई पिपिआर खोप लगाइँदै

बैतडी – बैतडीमा बाख्रालाई पिपिआर खोप लगाउन सुरु गरिएको छ । पिपिआर रोगबाट बचाउन किसानहरुले पालेका बाख्रालाई खोप लगाउन सुरु गरिएको हो ।

maya metro hospital

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका प्रमुख गुमानीदत्त पन्तले जिल्लाका १० वटै स्थानीय तहमा बाख्रालाई खोप लगाउन सुरु गरिएको बताए ।

joshi vada pasal 2

प्रत्येक पालिकामा १० हजारका दरले खोप पठाइएको उनले बताए । यो महिनाभित्र जिल्लाभरीका ८० हजार बाख्रालाई पिपिआर खोप दिने लक्ष्य रहेको उनले बताए । उनले भने ‘पिपिआर रोगबाट बाख्राहरुलाई बचाउनका लागि खोप अभियान सञ्चालन गरेका हौं । यो अभियान जिल्लाभरी सञ्चालनमा रहेको छ ।’

जिल्लाभरी किसानहरुले करीब डेढ लाखको हाराहारीमा बाख्रा पालेको अनुमान गरिएको छ । जिल्लाभरी २ सय बढी व्यवसायिक बाख्रा पालक किसान कार्यालयमा सूचीकृत भएका पन्तले बताए ।

बाख्रामा पिपिआर रोग लागेमा ८० प्रतिशत मर्ने सम्भावना रहेकाले त्यो रोगबाट बचाउन खोप अभियान शुरु गरिएको पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.