घोडाघोडीमा सिमसार दिवस मनाइयो

धनगढी – कैलालीको घोडाघोडी ताल क्षेत्रमा आज सिमसार दिवस मनाइएको छ । ‘आजको आवश्यकता ः सिमसारको पुर्नस्थापना’ भन्ने नाराका साथ सिमसार दिवस मनाइएको हो ।

maya metro hospital

उक्त कार्यक्रममा घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले सिमसार क्षेत्र जोखिममा पर्दै गइरहेको भन्दै संरक्षणमा जुट्न आवश्यक रहेको बताएका थिए । उनले घोडाघोडी क्षेत्रमा रहेका तालहरु पनि सुक्दै गइरहेको बताए ।

joshi vada pasal 2

‘पछिल्ला दिनहरूमा सिमसार क्षेत्रहरू हराउँदै लोप हुँदै अतिक्रमण हुँदै गइरहेको छ’ उनले भने ‘घोडाघोडी ताल क्षेत्र आसपासमा धेरै तालहरू थिए । अहिले सुकेका छन् ।’

डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले बसन्ता, घोडाघोडी र कर्णाली कोरिडोरमा रहेका ताल तथा सिमसारहरू नास हुँदै गइरहेको बताए ।

नेपालको कुल भूमिको करिब ५.५ प्रतिशत सिमसार क्षेत्रले ओगटेको भन्दै रिजालले ती क्षेत्रको संरक्षण आजको आवश्यकता रहेको बताए । नदी कटान, बाढी र डुबानले सिमसार क्षेत्र पुरिँदै गएको रिजालले जानकारी दिए । रिजालले सिमसार जोगाउन साझा नीति आवश्यकता रहेको समेत जनाए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.