टीकापुरमा एक जनाको शव फेला

कैलाली – कैलालीको टीकापुरमा एक जना पुरुषको शव फेला परेको छ । कैलालीको टीकापुर नगरपालिका–२ सन्कट्टि घाटस्थित कर्णाली नदी किनारमा अन्दाजी ६० वर्षीय पुरुष मृत अवस्थामा फेला परेको कैलाली प्रहरीले जनाएको छ । हाल नाम, थर नखुलेको प्रहरीले जनाएको छ ।

maya metro hospital

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी मृतको शव टीकापुर अस्पतालको शव गृहमा राखीएको छ ।

joshi vada pasal 2

पहिचानका लागी प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ । नामथर, ठाउँ खुल्न नआएको उचाई ५ फिट २ ईन्च,खैरो रङ्गको दाउरा सुरुवाला, खैरोमा कालो धर्का भएको हाप कोट, कालो रङ्गको जुत्ता मोजा, सेतो भेष्ट लगाएको, कपाल र दाह्री सेतो, ओठ र नाक मुनी सेतो दुबी जस्तो दाग, गोलो अनुहार भएको पुरुषको शव फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.