धनगढीमा एक युवक कुटिए

धनगढी – कैलालीको धनगढीमा एक युवक कुटिएका छन् । धनगढी बजारमै एक युवकमाथि सामूहिक आक्रमण भएको हो । धनगढी उप महानगरपालिका– ५ शिवनगर बस्दै आएका वसन्त जेठारामाथि आक्रमण भएको प्रहरीले जानकारी दिएको छ ।

maya metro hospital

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढीको कभर्ड हल नजिकै जेठारामाथि आक्रमण भएको हो । अहिले जेठारामाथि आक्रमण गर्ने समूहका निषेध धामीलाई प्रहरीले पक्राउ गरेको र अन्य ९ जना फरार रहेको बताइएको छ । धामीसहित १० जनाको समूहले जेठारामाथि आक्रमण गरेका थिए ।

joshi vada pasal 2

जेठाराले आफूमाथि बिना कारण कुटपिट भएको बताएका छन् । उनले आफू एक्लै सडकमा हिडिरहेको बेला उनीहरूको बोलाएको र आफूले के हो भाइ ? भनेर जवाफ फर्काउदा एक्कासी आक्रमण गरेको दाबी गरे ।

उनलाई धनगढीको बाल्मीकी स्कुलदेखि लखेट्दै टिसिएन चोकसम्म पु-याइएको थियो । त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। जेठाराको मुख, टाउको र शरिरमा चोट लागेको छ । कुटपिटमा संलग्नहरूमाथि मुद्धा दर्ता गरेर अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.