कैलाली – २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी पक्राउ

धनगढी – कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । बिहीबार दिउँसो बाँकेबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।

maya metro hospital

डिआइजी अशोक कुमार सिंह कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई बाँके प्रहरीले प्रकाउ गरेको हो ।
कैलाली क्षेत्र नम्बर २ वाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित अरुण कुमार चौधरी अदालतको फरार सुचीमा थिए ।

joshi vada pasal 2

नागरिक उन्मुक्ती पार्टीबाट सासंदमा निर्वाचित चौधरी ट्याक्टरमा आगजनी गरेको कसुरमा जिल्ला अदालत कैलालीबाट सुनाइएको ६ महिना कैद सजाय भुक्तान नगरि फरार सुचीमा रहेका छन् । वि.सं.२०७० बैशाख ९ गते कैलाली जिल्ला अदालतले सासंद अरुण कुमार चौधरी सहित परशुराम चौधरी र बिरबहादुर चौधरी गरि तीन जनालाई ६ महिना कैद सजाय सुनाएको थियो ।

८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई क्षतीपुर्ती उपलब्ध गराउने समेत फैसला गरिएको थियो । अदालतले फैसला गरेपनि यस अघि तीन जनालाई पक्राउ गरेर क्षतीपुर्ति उपलब्ध गराउन प्रहरीले कुनै पहल गरेको थिएन ।

अरुण चौधरी वि.सं. २०७४ सालमा आगजनी भएको ट्याक्टरका संचालक महादेव बजगाईसँगै लम्कीचुहा नगरपालिको मेयर पदमा निर्वाचन लडेका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.