आफुखुसी मन्त्रालयको सेवा–सुविधा प्रयोग गर्दै विना विभागीय मन्त्री

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारमा बिना विभागीय मन्त्रीका रूपमा शपथ खाएका माओवादी केन्द्रका खगराज भट्ट र नेकपा एमालेकी सन्तोष कुमारी शर्माले छुट्टाछुट्टै मन्त्रालयको सेवा सुविधा प्रयोग गरिरहेका छन ।

maya metro hospital

मन्त्री भट्टले आफू भौतिक पूर्वाधार मन्त्री हुने भन्दै भौतिक पूर्वाधार मन्त्रीले चढ्ने गाडी र निवास प्रयोग गर्दै आएका छन् भने अर्का बिना विभागीय मन्त्री शर्माले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको गाडी र सेवा सुविधा प्रयोग गर्दै आएकी छन् ।

joshi vada pasal 2

यता, सुदूरपश्चिम प्रदेश सरकार गठन भएको तेस्रो साता बित्दा पनि विश्वासको मत लिन नसक्दा सरकारले पूर्णता पाउन सकेको छैन भने सरकार नै संकटमा परेको छ ।

मुख्यमन्त्री राजेन्द्र सिंह रावलसँगै २८ पुसमा मन्त्रीको शपथ लिएका नेकपा माओवादी संसदीय दलका नेता भट्ट र एमालेका शर्माले मन्त्रालयको जिम्मेवारी पाएका छैनन् ।

एमाले संसदीय दलका नेता रावल २९ जना प्रदेश सभा सदस्यको समर्थनमा गत २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

नियुक्त भएको एक महिनाभित्र मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संविधानमा व्यवस्था छ । मन्त्रिमण्डल विस्तार र नियुक्त मन्त्रीलाई जिम्मेवारी दिन नसक्दा मुख्यमन्त्री कार्यालयसहित सातवटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री सँगै छ ।

लामो समय विभागीय मन्त्री नहुँदा मन्त्रालयका कामकाज समेत प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.