कैलालीबाट भन्सार छलीको मम्फली सहित ४ जना पक्राउ

अत्तरिया – कैलालीको टीकापुरबाट भन्सार छलीको मम्फली सहित ४ जना पक्राउ परेका छन । आज बिहान टीकापुर नगरपालिका –४ अस्नेहरी स्थित सडक खण्डमा भारतबाट भन्सार छली ल्याउदै गरेको मम्फली सहित ३ जना पक्राउ परेका हुन ।

maya metro hospital

पक्राउ पर्नेमा टीकापुर नगरपालिका – १ का २८ बर्षीय अरुण गुप्‍ता (साहुजी), भारतको तिकुनिया बस्ने २४ बर्षीय सलमान हस्मी, सोही ठाउँका १८ बर्षीय तारिफ कुरेसी र अस्लम हस्मी रहेका छन । सलमान, तारिफ र अस्लमको साथबाट डेढ/डेढ बोरा मम्फली र एक एक थान साइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

joshi vada pasal 2

पक्राउ परेका ४ जना र सामान इलाका प्रहरी कार्यालय टीकापुरमा राखिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.