एलपिएलका लागी लोटस आई स्कुलले ग-यो जर्सी र टिम कोच सार्वजनिक

अत्तरिया – धनगढीमा आयोजना हुन गैरहेको लिटिल फ्लावर प्रिमियर लिग (एलपिएल–७) मा सहभागिता जनाईरहेको लोटस आई अग्रेजी माविले जर्सी र टिम क्याप्टेन सार्वजनिक गरेको छ । कैलालीको अत्तरियामा रहेको उक्त विद्यालयले बिहिबार एक कार्यक्रमका बिच प्रतियोगीतामा सहभागिता जनाउने टिमको क्याप्टेन र जर्सी सार्वजनिक गरेको हो ।

maya metro hospital

विद्यालयका मेनेजिङ डाईरेक्टर धुर्व कडायतले प्रतियोगितामा सहभागीता जनाउने टिम र टिमको जर्सी सार्वजनिक गरिएको बताए । उनले टिममा ४ जना यु–१९ का राष्ट्रिय स्तरका खेलाडी रहेकाले प्रतियोगीतामा टिमले राम्रो प्रर्दशन गर्ने अपेक्षा रहेको बताए । उनले १० जना खेलाडीहरु भने कक्षा १० भन्दा तलका रहेको बताए । प्रतियोगीतामा सहभागी हुने टिमको क्याप्टेनका रुपमा यु–१९ खेलाडीका राष्ट्रियस्तरका खेलाडी विरेन्द्र नाथलाई दिईएको कडायतले बताए । विद्यालयले प्रतियोगीतामा टिम व्यवस्थापकको रुपमा दिपेन्द्र गौतम, टिम कोचको रुपमा दिपेन्द्र साउँदलाई चयन गरेको छ । प्रतियोगीतामा टिम डाईरेक्टरको रुपमा भने कडायत नै रहेका छन ।

सर्वाधिक धनराशिको विद्यालय स्तरीय यु–१९ टी–२० क्रिकेट प्रतियोगिता एलपीएल यही माघ २१ गतेदेखी सुरु हुदैछ । प्रतियोगिताको उद्घाटन खेलमा लोटस आइ इङ्लिस सेकेन्डरी स्कुल अत्तरिया र सत्यवती एकेडेमी अत्तरिया आमनेसामने हुनेछन् । कैलालीको धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा खेलाईने उक्त प्रतियोगीताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

attariya hospital

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदयमान खेलाडीलाई नगद ५ हजार र प्रत्येक खेलको प्लेयर अफ दी म्याचलाई २ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.