बैतडीमा सम्पन्न महिला टि–२० क्रिकेटको उपाधि देहीमाण्डौंले जित्यो

बैतडी – बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न नगरस्तरीय महिला टि–२० क्रिकेट प्रतियोगिताको उपाधि दनपा २ देहीमाण्डौंले हात पारेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा दनपा ८ त्रिपुरालाई ७ विकेटले स्तब्ध पार्दै देहीमाण्डौंले उपाधिमाथि कब्जा जमाएको हो ।
उपाधि हात पारेसंगै देहीमाण्डौंले नगद २५ हजार, ट्रफी र मेडल हात पार्यो । त्रिपुराले भने नगद १५ हजार, ट्रफी मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

maya metro hospital

जितका लागि पाएको ६० रनको सामान्य लक्ष्य देहीमाण्डौंले ७ दशमलब ५ ओभरमा ३ विकेटको क्षतीमा पुरा गर्यो । जसमा कप्तान पिंकी बोहराले अविजित २०, मनिषा बोहराले ११ र कविता बोहरा अविजित १० रनको योगदान गरिन् । त्रिपुराका लागि करिश्मा थापा, जानकी थापा, जानवी मौनीले १/१ विकेट हात पारिन् ।

joshi vada pasal 2

त्यसअघि निङ्गलाशैनी खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको त्रिपुरा १४ दशमलब ३ ओभरमा ५९ रनमा अलआउट भयो । उसका लागि माया टमटाले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । देहीमाण्डौंका लागि निर्मला बोहरा, आरती बोहरा,बसन्ती बोहराले ३/३ विकेट हात पारिन् । देहीमाण्डौंकी बसन्ती बोहरा ओम्यान अफ द फाइनल भएकी छन् ।

यसैबीच प्रतियोगिताभर व्यक्तिगत १४९ रन र ५ विकेट हात पारेकी देहिमाडौंकी कप्तान पिंकी बोहरा सर्वोत्कृष्ट खेलाडी चुनिईन् । उनले ३ हजार पुरस्कार पाइन् ।

यस्तै १० विकेट हात पारेकी देहिमाण्डौंकी बसन्ती बोहरा उत्कृष्ट बलर,१४९ रन बनाएकी देहिमाण्डौंकी पिंकी बोहरा उत्कृष्ट ब्याटर चुनिइन् । दुबैले जनही एक हजार पाँच सय पुरस्कार पाए । यस्तै दनपा ९ ग्वाल्लेकको टोली अनुशासित टोली घोषित हुदैं तीन हजार पायो । दनपा १० बाराकोटकी प्रिंयान्सी चन्द उदयीमान खेलाडी चुनिदै एकहजार पुरुस्कार पाएको प्रशिक्षक दीपेन्द्र बोहराले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.