बैतडीबाट लागु औषध चरेश सहित थप एक जना पक्राउ

बैतडी – बैतडीमा लागु औषध चरेश सहित थप एक जना पक्राउ परेका छन् । जिल्लाको सुर्नया गाउँपालिका –१ हटैराज गुर्केलीका २५ बर्षीय दीपक चन्दलाई चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

maya metro hospital

दिपकले गुर्केलीमा सञ्चालन गर्दै आएको श्रीकेदार हटैराज खुद्रा पसलमा खानतलासी गर्दा १ सय ९९ ग्राम चरेश फेला परेको र त्यसपछि उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक खत्रीले बताए ।

सोमबार जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले चन्दलाई पसलबाट चरेश सहित पक्राउ गरेको हो । अदालतबाट म्याद थपेर उनीमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए ।

attariya hospital

गएको तीनदिनमा बैतडीमा चरेशसहित तीनजना पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.