धनगढीबाट यौन धन्दामा संलग्न १२ जना पक्राउ

धनगढी – कैलालीको धनगढीबाट यौन धन्दामा संलग्न धमाधम पक्राउ पर्न थालेका छन । कैलाली प्रहरीको प्रमुख भएर एसपी देवेन्द्र पाल आएसँगै धनगढीमा यौन धन्दामा संलग्न धमाधम पक्राउ पर्न थालेका हुन ।

maya metro hospital

माघ दुई सातामा मात्र प्रहरीले धनगढीमा यौन धन्दामा संलग्न भएको आरोपमा प्रहरीले चार युवतीसहित १२ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले धनगढी चौराहको बुढिनन्दा सहितका विभिन्न चार वटा होटल सञ्चालकलाई यौन धन्दा गराएको आरोपमा पक्राउ गरिएको छ ।

citizen security services

ती होटलबाट चार युवती र उनीहरुसँग सम्बन्ध बनाउन पुगेका चार जना युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । उनीहरु मध्ये चार जना अनुसन्धानपछि छुटेका छन् भने ८ जनामाथि सार्वजनिक अपराध अन्तरगत मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक(डीएसपी) जोशीले जानकारी दिए ।

attariya hospital

धनगढीमा धेरै होटलमा प्रहरीकै मिलेमतोमा अवैध यौन व्यवसाय फस्टाएको आरोप लागेका बेला नयाँ एसपीका रुपमा पाल आएपछि भने उनले त्यस्ता होटललाई टार्केट बनाएर अप्रेशन चलाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.