डोटीका युवक अत्तरियाबाट बेपत्ता

अत्तरिया – कैलालीको अत्तरियाबाट डोटीका एक युवक बेपत्ता भएका छन् । डोडीको जोरायल गाउँपालिका – ४ तलालका २२ बर्षीय भूवन कपड्याल गोदावरी नगपालिका – २ तेघरीबाट बेपत्ता भएका हुन् ।

maya metro hospital

मानसिक सन्तुलन बिग्रीएका भूवनलाई मानसिक रोग विशेषज्ञलाई देखाउन ४ दिन अगाडी जोरायलबाट अत्तरिया ल्याएको बेला तेघरीबाट बेपत्ता भएको उनका भाई हिक्मत कपड्यालले बताएका छन् ।

joshi vada pasal 2

उनले जोरायलबाट तेघरीमा आफन्तको घरमा गएर अस्पताल लग्ने तयारी गर्दै गर्दा उनी भागेर नजिकै रहेको गोदावरी नदीतिर गएको र, पछि खोजी गर्दा नभेटिएको बताए । हिक्मतको ३ साता यता मात्रै मानसिक सन्तुलन गुमेको उनले बताए ।

‘दाइ भारतको चण्डिगडमा ३ महिना देखि क्रेकेटको प्रशिक्षण गर्दै आउनु भएको थियो । मानसिक समस्या भएपछि माघ १ गते नेपाल ल्याएका आएका थियौ’ उनले भने ‘घरमा ल्याएर पनि निको नभएपछि उपचारका लागि अत्तरिया ल्याएका थियौ । यतै बाट बेपत्ता हुनुभयो ।’

हिक्मत यसअघि धनगढी र काठमाण्डौंमा क्रिकेटको प्रसिक्षण लिइसकेका थिए । अचानक मानसिक असन्तुलन आएर बेपत्ता भएपछि परिवारमा चिन्ता छाएको हिक्मतले बताएका छन । उनले कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन वा ९८६८५३३५७३ नम्बरमा खबर गरिदिन अनुरोध गरेका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.