बैतडीबाट चरेशसहित एकजना पक्राउ

बैतडी – बैतडीमा चरेशसहित एकजना पक्राउ परेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका ७ खोचलेकस्थित दोगडाभूमीराज किराना पसलका सञ्चालक ५० बर्षीय बिरसिंह कार्कीलाई एकसय ग्राम चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

maya metro hospital

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई आइतबार पक्राउ गरेको हो । पक्राउ परेका कार्कीमाथि लागु औषध मुद्दामा अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.