आफैँ डुङ्गा चलाएर भक्तजनलाई मन्दिर पु-याउँदै पुजारी

सदूरपश्चिम – तालको बीच भागमा रहेको गङ्गामाता मन्दिरका पुजारी भोजलाल चौधरी डुङ्गा चलाएर भक्तजनलाई मन्दिरसम्म पु¥याउँदै गरेको भेटिए । कैलालीको बेहडाबाबा धाम परिसरको महादेवा तालको बीचमा रहेको यो मन्दिरमा पूजापाठ गर्ने र भक्तजनलाई डुङ्गामार्फत मन्दिरसम्म पु¥याउनुपर्ने उनको दैनिकि हुन्छ । उनले भने ‘साँझ बिहान पूजापाठ गर्नुुपर्छ, अन्य समयमा मन्दिरमा पूजा र दर्शनका लागि आउने भक्तनलाई डुङ्गामार्फत ओसार्न ठिक्क हुन्छ ।’

maya metro hospital

मन्दिरसम्म ओहोरदोहोर गर्ने भक्तजनबाट प्रतिव्यक्ति रु.४० शुल्क तोकिएको छ । मन्दिरमा आउने भक्तजनको भेटी रकम, डुङ्गा चलाएबापत हुने आम्दानी नै पुजारीको कमाइ हो । भक्तजनको चहलपहलअनुसार आफ्नो मासिक आम्दानी पनि घटबढ हुने उनले बताए । बेहडाबाबाको दर्शनका लागि पुग्ने भक्तजन गंगामाताको मन्दिरको समेत दर्शन र पूजा गर्ने गर्दछन ।

citizen security services

बेहडाबाबा मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष खेमबहादुर चन्दले भारतबाट आउने भक्तजन सोही तालको जल लिएर बेहडाबाबा धामको शिव शिलामा चढाएर पूजा गर्ने गरेको बताए । ‘बेहडाबाबा खासगर सीमापारि भारतबाट आउने भक्तजनका कुल देवता हुन’ उनले भने ‘उनीहरु हरेक वर्ष आफ्नो घरको नयाँ अन्न (धान, गहुँ) बेहडाबाबालाई चढाएर पूजा र दर्शन गरेर फर्किन्छन् ।’

attariya hospital

धनगढीदेखि झण्डै १८ किलोमिटरको दूरीमा रहेको यो क्षेत्र धार्मिक पर्यटनको मुख्य गन्तव्य क्षेत्रका रुपमा देखिन थालेको छ । पछिल्ला वर्षमा नेपाल र भारतबाट आउने भक्तजन बढ्दै जाँदा यो धाम मुख्य गन्तव्य बन्न थालेको हो । झण्डै ३० बिघा क्षेत्रफलमा फैलिएको १५ फिट गहिरो यो प्राकृतिक तालको वरिपरि सडक निर्माण कार्य भइरहेको छ । बेहडाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले तालको संरक्षणसहित बेहडाबाबा धामलाई प्रमुख धार्मिक गन्तव्य क्षेत्र बनाउनका लागि प्रयास भइरहेको बताए ।

आउने चैतबाट तालको सरसफाइ गरी भक्तजनका लागि नियमितरुपमा दुई डुंगा चालाउने तयारी रहेको उनले बताए । ‘केन्द्र सरकारको सहयोगमा ताल वरिपरि एक हजार दुई सय मिटर सडक र -यालिङ लगाउने काम गर्न लागेका छौँ, यसले थप पर्यटकको आवागमन बढ्ने अपेक्षामा छौँ’ उनले थपे । बेहडाबावा धाममा हरेक वर्ष लाग्ने मेलामा नेपालीको तुलनामा सीमापारि भारताट आउने भक्तजनको घुइँचो लाग्ने गर्छ । यहाँ गंगा दशहरा, मकर संक्रान्ति लगायतका दिन ठूलो मेला लाग्छ ।

भारतीय नागरिकले बेहडाबाबा (भगवान् शिव) लाई आफनो कुल देवताको रुपमा पुज्ने गरेकोले लाग्ने मेलामा उनीहरुकै बढी घुइँचो देखिने गरेको हो । धाम परिसरमा भगवान् शिवको मन्दिर छ । मन्दिरभित्रको शिवलिङ्गलाई भक्तजनले स्वयम्भूको स्वरुपको रुपमा लिन्छन् । यो स्वयम्भू लिङ्गको उचाइ हरेक वर्ष बढ्दै जाने गरेको विश्वास गरिएको कारण यो क्षेत्रको धार्मिक महत्व पनि बढ्दै गएको हो ।

भगवान् बेहडाबाबाको दर्शन र पूजाआजा गरेमा सोचेको मनोकांक्षा पूरा हुने जनविश्वास छ । प्राचीनकालमा तपोभूमिका रुपमा रहेको यो क्षेत्रमा नेपालीको बस्ती नरहेको र अहिर जातिका भारतीयको बसोबास रहेको बताइन्छ । अहिलकोे बेहडाबाबा धाम रहेको जंगल क्षेत्रमा गाईवस्तु चराउँदै गरेका भारतका एक ग्वाला (गोठाला) ले आफूले चराउने गरेको एक गाईले आफ्नो दूध नियमित रुपमा यसै ठाउँमा रहेको शिवजीको शिलामा खसाउने गरेको घटनापछि यो क्षेत्र शिब भगवानको वासस्थानको रुपमा चिनिएको विश्वास गरिन्छ ।

‘गाईले भुँइमा दूध खसाउनुको कारण पत्ता लगाउँदै जाँदा उक्त स्थानमा शिवलिङ्ग फेला पारेको विश्वास गरिन्छ’ मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष चन्दले भने ‘त्यसै समयदेखि नै त्यस क्षेत्रमा बेहडाबाबा मन्दिर निर्माण गरी शिवलिङ्गको पूजाअर्चना गरिँदै आएको हो ।’ साविकको उर्मा गाविस र हाल धनगढी उपमहानगरपालिका–१६ मा पर्ने यो ताल उपयोग गर्ने विषयमा विगतमा विवाद पनि भएको थियो । रासस

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.