धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले शहिदहरुका सपना पुरा गर्न सबैले एकताबद्ध रुपमा लाग्न आवश्यक रहेको बताएका छन । शहिद दिवसको अवसरमा सोमबार एक सन्देश जारी गर्दै मुख्यमन्त्री रावलले शहिदहरुका सपनाहरु साकार पार्न सके मात्रै शहिदप्रति सच्च श्रद्धाञ्जली हुने बताए ।


उनले समृद्ध नेपाल, सुखी नेपालीको सपना शहिदहरुले देखेको र त्यो राष्ट्रिय सपना पूरा गर्न सकेमा मात्रै शहीदप्रति सच्चा श्रद्धाञ्जली हुने बताए । मुख्यमन्त्री रावलले राष्ट्र निर्माणका क्रममा ज्यानको आहुती दिने ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै शहिदहरुको सपनाका साकार पार्न सबैले लाग्नुपर्ने बताए ।

‘महान् शहीदहरुको त्यागद्वारा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास लिएको छु,’ रावलले जारी गरेको सन्देशमा भनिएको छ ।
उनले शहीदहरुको बलिदानीलाई उच्च मूल्याङ्कन गर्दै सामाजिक न्यायसहितको समतामूलक र सभ्य समाज निर्माण गर्ने सपनालाई साकार बनाउन सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता समेत औल्याएका छन् ।
