स्याउलेमा गौशाला निर्माणका लागि सप्ताह ज्ञान महायज्ञ सुरु

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ८ स्याउलेमा आजदेखि सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । स्याउले बजारमा रहेको विश्वनाथ महादेव मन्दिरमा गौशाला निर्माण गर्ने उद्देश्यका साथ सप्ताह ज्ञान महायज्ञ सुरु भएको हो । महायज्ञको एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश प्रमुख देव राज जोशी उद्घाटन गरेका छन् ।

maya metro hospital

महायज्ञको उद्घाटन गर्दै जोशीले गौ माताको संरक्षणका लागि आयोजना गरिएको महायज्ञमा सफलताको शुभकामना व्यक्त गरेका छन् । उनले सरक्षण नहुँदा अहिले गौ माताको दुरावस्था भएको बताए ।

joshi vada pasal 2

‘हामीले गौ माताले दुध दुहिन्जेल सम्म घाँसपात गरेर उसबाट दुध लिने गर्दैछौ । जव उहाँले दुध दिन छोड्नुहुन्छ, त्यसपछि सडकमा धपाउने गर्छौ’ उनले भने ‘त्यसले गर्दा अहिले गौमाताको ठूलो दुरावस्ता भएको छ । पर्कारान्तले त्यो दुरावस्था हाम्रो हो । अहिले गौमाताको दुरावस्था देखिएपनि दिर्घकालिन रुपमा हाम्रै दुरावस्था हुन्छ ।’

raunak fals and silling

उनले आफू प्रदेश प्रमुखका रुपमा रहुन्जेल सम्म गौशाला निर्माणका लागि सुरु गरिएको अभियानमा सहयोग गर्ने बताए । ‘प्रदेश प्रमुखको कार्यालय अन्तरगत बजेट नहुने भएपनि मैले कुन कुन मन्त्रालयमा भनेर हुन्छ भनेर म सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु’ उनले भने ‘म तपाईहरुको अभियानका साथमा रहने छु ।’

मन्दिरको स्तरोन्ती संगै गौशाला निर्माण तथा धर्म सँस्कृती रक्षाको लागि महायज्ञ सुरु गरिएको महायज्ञ व्यवस्थापन समितिका संयोजक गोपाल देउवाले बताए । महायज्ञ २२ गतेसम्म संचालन गरिने जनाएको छ । महायज्ञमा अच्युत शरण महाराजले प्रवचन गर्नेछन् ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.