बैतडीमा अवरुद्ध टेलिकमको सेवा सुचारु

बैतडी – शनिबार बिहानदेखि अवरुद्ध भएको नेपाल टेलिकमको सेवा आजदेखि सुचारु भएको छ । बैतडीको पाटनमा अप्टिकल फाइबर ब्रेक हुँदा बैतडी र दार्चुलामा टेलिकमको सेवा अवरुद्ध भएको थियो ।

maya metro hospital

रुख काट्ने क्रममा टेलिकमको १५० मिटर जति अप्टिकल फाइबर ब्रेक भएका कारण सेवा अवरुद्ध भएको नेपाल टेलिकम बैतडीका प्रमुख विक्रमराम टमाटाले बताए ।

citizen security services

अत्तरीयाबाट आएको प्राविधिकहरुको टोलीले अप्टिकल फाइबर मर्मत गरेपछि सेवा सुचारु भएको उनले बताए । यसअघि टेलिकमको सेवा अवरुद्ध हुँदा हजारौं ग्राहक समस्यामा परेका थिए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.