कैलालीमा बाक्लो हुस्सु लाग्यो

धनगढी – कैलालीमा आज बाक्लो हुस्सु लागेको छ । हिजो र आज बिहान शीतलहरसमेत चलेको थियो । केही दिन अगाडि वर्षापछि एक दिन मौसम सफा भई घाम लागे पनि त्यसपछि फेरि हुस्सु–कुहिरो लाग्न थालेको हो । हुस्सु लागेपछि फेरि चिसो बढेको छ ।

maya metro hospital
raunak fals and silling

पानी परेपछि गर्मी हुने अपेक्षा गरिए पनि फेरि जाडो बढेको धनगढी उपमहानगरपालिका –८ का स्थानीय जगेन्द्र चौधरीले बताए ।

joshi vada pasal 2

तराईका केही स्थानहरूमा बिहानीपख हुस्सु–कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बुलेटिन प्रकाशित गरी जानकारी दिएको छ । यसै गरी, आज र भोलि सुदूरपश्चिमसहित कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बद्ली रहने र एक–दुई स्थानमा हल्का वर्षा–हिमपातको सम्भावना रहेको जनाएको छ ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.