बनारसी धाममा जात्रा लाग्ने, पाटनमा नगरपालिकाद्धारा सार्बजनिक बिदा

 

बैतडी – बैतडीका पाटन नगरपालिका ३ को सुर्नया किनारमा रहेको बनारसी धाममा १७ गते जात्रा लाग्ने भएको छ । विशेष पुजाआजासहित १७ गते माघ सुक्लदशमीको दिन जात्रा लाग्ने जनाइएको छ । बैतडीसहित छिमेकी जिल्ला र भारतबाट समेत यहाँ दर्शनार्थीहरु आउने गरेका छन् ।

maya metro hospital

यहाँ दलित समुदायका पुजारीबाट प्रशाद ग्रहरण गर्ने गरिएको छ । यसलाई जातिय सद्भावको रुपमा लिइने गरिन्छ । कुनै विभेद नगरी सबै समुदायका व्याक्तिहरुले पुजाआजामा सहभागि भई दलित समुदायका पुजारीबाट प्रशाद ग्रहण गर्ने गरेका छन् ।

यसैगरी पाटन नगरपालिकाले मंगलबार सार्बजनिक बिदा दिएको छ । बनारसी धाममा लाग्ने जात्राको अवसरमा बिदा दिने निर्णय गरेको वडा नम्बर ८ का वडा अध्यक्ष एवं समाजिक विकास समिति संयोजक हरिश बिष्टले जानकारी दिए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.