होमस्टेको प्रचारप्रसार गर्न महोत्सव संचालन

घनश्याम पौडेल/मसुरिया – कैलाली गौरीगंगा नगरपालिका – ८ लिक्मामा माघी मिलन तथा माघ महोत्सवको आयोजना गरिएको छ । भाषा, संस्कृति,परम्पराको संरक्षण सम्वर्द्धन तथा कमैया थारु होम स्टे गाउँको प्रचारप्रसार गर्न महोत्सवको आयोजना गरिएको हो । माघ १६ गते सम्म संचालन हुने महोत्सवको राष्ट्रिय सभा सदस्य हरिराम चौधरी (उत्सव)ले शनिबार उद्घाटन गरेका थिए ।

maya metro hospital

महोत्सवको उद्घाटन गर्दै राष्ट्रिय सभा सदस्य हरिराम चौधरीले थारु समुदाय भेषभुषा संस्कृति र परम्पराको धनी रहेको भन्दै भाषा कला संस्कृतिको संरक्षण तथा स्वस्थ परिकार अवसरको रुपमा विकास गर्दै पर्यटन प्रवर्द्धन गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

joshi vada pasal 2

गौरीगंगा नगरपालिका तथा वडा नं ८ सहयोगमा कमैया थारु होम स्टे, लिक्मा शिविरको आयोजनामा भएको महोत्सवको सभापतित्व हिरालाल चौधरीले गरेका थिए । कार्यक्रममा संविधान सभा सदस्य कृष्ण कुमार चौधरी, सुदूरपश्चिम प्रदेश सभा सदस्य जानकी कुँवर जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख खगराज भुसाल, गौरीगंगा नगरपालिका पूर्व नगर प्रमुख भिम बहादुर देउवा लगायतको उपस्थिति रहेको थियो ।

३ दिन सम्म संचालन हुने महोत्सवमा थारु माहालोक गायक मनिराम थारु, थारु गायिका एलिना कठरिया, गायक तुफान राजवंशी लगाएतका कलाकारसँगै स्थानिय कलाकारहरुको मौलिक प्रस्तुती रहने छ ।

८३ घर परिवार रहेको कमैया थारु होम स्टे गाउँ लिक्मामा ६ घरमा होमस्टे सञ्चालनमा आएको छ भने ८ घर संचालन हुने तयारीमा रहेको महोत्सव आयोजक समितिका अध्यक्ष हिरालाल चौधरीले जानकारी दिए । महोत्सव अवधिभर सास्कृतिक मनोरञ्जनका साथै स्थानीय खानाका परिकारको स्वाद लिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.