खाेज्नुहाेस

अत्तरिया जुनियर जेसिज वर्ष २०२३ को पदस्थापन कार्यक्रम सम्पन्न

Image

अत्तरिया – अत्तरिया जुनियर जेसिज वर्ष २०२३ का नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिबार दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका प्रमुख डा. डम्बर पालको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

जुनियर जेसिजको ६ औं पदस्थापन कार्यक्रममा वर्ष २०२२ का अध्यक्ष एलआर ओझाले वर्ष २०२३ का नवनिर्वाचित अध्यक्ष प्रकाश बोहरालाई पद हस्तान्तरण गरेका थिए । बोहरा शनिबार नै अध्यक्षमा सर्वसम्मत चयन भएका थिए । यस्तै बर्ष २०२३ को कार्यकारिणी उपाध्यक्षमा राजेश ओझा र उमेश जोशी निर्विरोध चयन भएका छन । त्यस्तै उपाध्यक्षमा आशिष बहादुर सिह, शान परियार, चिरन्जिवी मल्ल र रोशनी अधिकारी चयन भएका छन ।

attariya hospital

सोही कार्यक्रममा जुनियर जेसिस बर्ष २०२३ का अध्यक्ष बोहराले महासचिवमा जानु बिष्ट, कोषाध्यक्षमा सुलभ धामी र कानूनी सल्लाहकारमा दिपा जोशीलाई चयन गरेका छन् ।

navjiwan hospital

कार्यक्रममा बर्ष २०२२ का अध्यक्ष ओझाले २०२३ का अध्यक्ष बोहरालाई सपथ ग्रहण गराएका थिए भने २०२३ का अध्यक्ष बोहरा बर्ष २०२३ का निर्वाचित अन्य पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा बर्ष २०२२ का अध्यक्ष ओझाले १ बर्षको अवधिमा गरेका कामको बारेमा जानकारी दिदै आफ्नो सफल कार्यकालका लागि सहयोग गर्ने सबैलाई धन्यावाद ज्ञापन गरेका थिए । उनले आफ्नो कार्यकालमा ६० वटा भन्दा बढी कार्यक्रम सम्पन्न गरेको बताउँदै यसबाट समाज परिवर्तमा योगदान पुगेको आफूले विश्वास गरेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि रहेका क्याम्पस प्रमुख पालले सामुहिक रुपमा काम गर्दै जादाँ बिभिन्न अवरोध आउने भएकाले त्यसलाई चिर्न सक्ने क्षमताको विकासका लागि जेसिज राम्रो प्लेटफर्म भएको बताए । उनले आत्मविश्वास भएमा जुनसुकै काम पनि सहज रुपमा सम्पन्न गर्न सकिने बताए ।

कार्यक्रममा अत्तरिया जेसिजका पुर्व अध्यक्षहरुको पनि सहभागीता रहेको थियो ।