निम्न वर्गको उत्थानमा कटिबद्ध छु : मुख्यमन्त्री रावल

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले गरिब तथा निम्न आयस्रोत भएका वर्गको जीवनस्तर उत्थानका कार्ययोजना ल्याउने बताएका छन् ।

maya metro hospital

मुख्यमन्त्री रावलले डोटीका भूकम्पपीडितको पुनस्र्थापना तथा राहत सहयोगका लागि ध्यानाकर्षण गराउन आएका सामाजिक संस्थाका प्रतिनिधिसँगको भेटमा यस्तो धारणा व्यक्त गरेका हुन्। उनले जति दिन नेतृत्वमा रहे पनि गरिब, पीडित र निम्न वर्गको उत्थानमा काम गर्ने प्रतिबद्धता गरे।

joshi vada pasal 2

उनले भने, “आफ्नो प्राथमिकता पढाइ, कमाइ, दबाइ उपलब्ध गराउने तथा पानी, खानी र जवानी सदुपयोग गर्ने हुनेछ।” उनले सरकार र सामाजिक संस्था मिलेर एकद्वारामार्फत राहत र उद्धारका काम गरिनुपर्ने बताए। उनले सुदूरपश्चिमलाई देउकी, छाउपडीजस्ता कुप्रथामा मात्रै जोडेर हेर्न नहुने पनि बताए।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.