कैलालीबाट ट्याक्टर सहित अवैध काठ बरामद

धनगढी – कैलालीमा अवैध काठ बरामद गरीएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ९ मा रहेको रतिपुर गाउँबाट सालको गोलियासहित ट्याक्टर बरामद गरिएको छ । शनिवार डिभिजन वन कार्यालयले एक थान सालको गोलिया, ८२ चिरान सहित ट्याक्टर बरामद गरेको हो ।

maya metro hospital

सब-डिभिजन वन कार्यालय सुखडबाट खटि गएको गस्ती टोलिले विशेष सुराकीको आधारमा ट्याक्टरमा ल्याउदै गरेको अवस्थामा काठ र ट्याक्टर बरामद गरेको जनाईएको छ।

टोलिले से१त ९२६५ नम्वरको ट्याक्टरका चालक २२ वार्षिय जीवन शाहीलाई प्रकाउ गरेको सब डिभिजन वन कार्यलय सुखडका प्रमुख सोमलाल घलानले जानकारी दिए ।

attariya hospital

बरामद गरिएको काठ कस्को र कहाँ लगिदै थियो घटना को अनुसन्धान गरि कानुनी प्रकियामा आइतबार लैजाने जनाएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.