बैतडी – बैतडीमा आज बिहानैदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । टेलिमकले प्रदान गर्ने भ्वाइस सेवा र इन्टरनेट सेवा अवरुद्ध भएको हो । सेवा अवरुद्ध हुँदा हजारौं ग्राहक समस्यामा परेका छन् ।

सेवा अवरुद्ध भएको बिषयमा नेपाल टेलिकमले कुनै जानकारी दिएको छैन् ।

बिहानैदेखि टेलिकमको मोबाइल सेवा र इन्टरनेट सेवा अवरुद्ध भएको ग्राहकहरुले बताएका छन् । सेवा अवरुद्ध हुँदा सञ्चार सम्पर्कमा समेत समस्या भएको ग्राहकहरुको भनाइ रहेको छ ।
