प्रथम वडाध्यक्ष कप ब्याटमिन्टनको उपाधि वडा नम्बर ३ लाई

अत्तरिया – कैलालीको अत्तरियामा शुक्रबारदेखि सुरु भएको प्रथम वडाध्यक्ष कप डबल पुरुष ब्याटमिन्टन प्रतियोगीता उपाधि वडा नम्बर ३ ले जितेको छ । फाइनलमा वडा नम्बर ४ लाई २–१ को सेटमा पराजित गर्दै वडा नम्बर ३ ले उपाधि जितेको हो । गोदावरी नगरपालिका – ३ मा रहेको गोदावरी नगर विकास समितिको आयोजनामा भएको प्रतियोगिताको विजयी टिमले नगद १५ हजार १ सय रुपैयाँ पुरस्कार पाएको छ । वडा नम्बर ३ को तर्फबाट प्रकाश कुमार भाट र आशिष भट्टराइले खेलेका थिए ।

maya metro hospital

दोस्रो स्थानमा चित्त बुझाएको वडा नम्बर ४ को टिमले ७ हजार ५ सय रुपैयाँ पाएको छ । वडा नम्बर ४ को टिमबाट भीम सिह ठकुराठी र शेर बहादुर साउँदले खेलेका थिए ।

citizen security services
प्रतियोगितामा द्धतिय स्थान हासिल गरेका खेलाडी

 

attariya hospital

प्रतियोगितामा वडा नम्बर १ र वडा नम्बर २ को टिमले तृतिय स्थान हासिल गरेका छन । वडा नम्बर १ को टिमबाट सन्तोष भट्ट र पुस्कर जोशी सहभागि रहेका थिए भने वडा नम्बर २ बाट कमल मल्ल र समिर भट्टराई सहभागि रहेका थिए । तृतीय हुनेले ३ हजार ५ सय रुपैयाँ पुरस्कार पाएका छन ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीको पुरस्कार भीम सिह ठकुराठी र उदयमान खेलाडीको पुरस्कार आशिष भट्टराइले पाएका छन ।

प्रतियोगितामा गोदावरी नगरपालिकाका १८ वटा टिमको सहभागित रहेको थियो । प्रतियोगिताको एक कार्यक्रका बीच शुक्रबार सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश बमले उद्घाटन गरेका थिए ।

प्रतियोगिताका विजयी टिमलाई सामाजसेवी धुर्व भट्टराईको प्रमुख आथित्यमा सम्पन्न एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको थियो ।

प्रतियोगिता वडा नम्बर ३ को कार्यालय, रिया स्पोटर्स धनगढी, चौकिडाँडा महिला वन उपभोक्ता समिति, मनाङ्क बचत तथा ऋण सहकारी, क्रेटिभ कन्ट्रक्सन मालाखेती, मालाखेती पशु हाटबजार, उग्रतारा इटा उद्योग, सुदूरपश्चिम कापी उद्योग र मालाखेती इटा उद्योगको सहयोगमा संचालन गरिएको खेल संयोजक छत्र बहादुर रोकायाले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.