अत्तरियामा प्रदेश स्तरिय खुल्ला एकल महिला लोक नृत्य प्रतियोगिता हुने

अत्तरिया – कैलालीको अत्तरियामा प्रदेश स्तरिय खुल्ला एकल महिला लोक नृत्य प्रतियोगिता हुने भएको छ । राष्ट्रिय लोक सास्कृतिक प्रतिष्ठान नेपाल केन्द्रिय समिति अत्तरियाको आयोजना र सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको प्रवर्धनमा खुल्ला एकल महिला लोक नृत्य प्रतियोगिता हुन लागेको हो ।

maya metro hospital

शनिबार अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गरी माघ २७ र २८ गते प्रदेश स्तरिय खुल्ला एकल महिला लोक नृत्य प्रतियोगिता हुने जानकारी दिइएको हो ।

citizen security services

प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, द्दितिय हुनेलाई १५ हजार, तृतीय हुनेलाई १० हजार र सान्तवना पुरस्कार ५००० हजार रहने आयोजकले जनाएको छ ।

attariya hospital

प्रतियोगितामा जज काठमाडौको नाचघरबाट बोलाईने राष्ट्रिय लोक सास्कृतिक प्रतिष्ठान नेपाल केन्द्रिय अध्यक्ष लिलाधर बास्कोटाले बताएका छन । उनले यस क्षेत्रका लोक सस्कृतिको जगेर्ना गर्नको लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतियोगिताको उद्घाटन प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको व्यवस्थापनको जिम्मेवारी थ्रिडिभिएल क्रियसनलाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.