सुप समावेशिको बार्षिकोत्सव सम्पन्न

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ अत्तरियामा रहेको सुप समावेशि आधारभूत विद्यालयको प्रथम बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार सुदूरपश्चिम प्रदेशसभा सदस्य तुलसी देवकोटाको प्रमुख अतिथ्यमा विद्यालयको बार्षिकोत्सवम सम्पन्न भएको हो ।

maya metro hospital

बार्षिकोत्सव कार्यक्रममा शुभकामना मन्त्यव्य राख्दै प्रदेशसभा सदस्य देवकोटाले विद्यालयले अपाङ्गता भएका बालबालिकाको शिक्षादिक्षाका लागि महत्वपूर्ण भूमिका खेलिरहेको बताइन् । उनले यस विद्यालयलाई अझै सुविधा सम्पन्न बनाउनको लागि स्थानीय सरकार संगै आफुले पनि प्रदेशबाट सक्दो सहयोग गर्न पहल गर्ने बताइन् ।

joshi vada pasal 2

‘धेरै कुरा गर्न नसके पनि हामीले यस क्षेत्रमा निर्वाचित जनप्रतिनिधिहरुले विद्यालयको स्तरोन्नतीको लागि पहल गर्ने छौ’ उनले भनीन् ‘चालु आर्थिक बर्षमा बजेट विनियोजन भइसकेकाले आगामी बजेटमा यस विद्यालयका लागि के गर्न सकिन्छ म आवाज उठाउने छु । सदनमा पनि बोल्नेछु ।’

उनले हाल विद्यालयमा रहेका बालबालिका प्रतिभावान रहेको बताउँदै बालबालिकाको क्षमतालाई अझै निखार ल्याउन आवश्यक रहेको बताइन् ।

बार्षिकोत्सव कार्यक्रममा बिभिन्न प्रतियोगितामा प्रथम, द्धितिया र तृतिय भएका विद्यार्थी सहभागिलाई पुरस्कार वितरण गरिएको थियो ।

raunak fals and silling

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष बिष्ना बोहराको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सभा सदस्य देवकोटा सहित, गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकाया, वडा नम्बर ७ कि वडा अध्यक्ष कलावती साउँद, वडा नम्बर १२ का वडा अध्यक्ष भीम बहादुर खड्का लगायतको सहभागिता रहेको थियो ।

वडाद्धारा स्टेसनरी सहयोग

बार्षिकोत्सवको अवसरमा गोदावरी नगरपालिकाको वडा नम्बर १२ ले स्टेसनरी सहयोग गरेको छ । वडाले २५ हजार बराबरको स्टेसनरी सामाग्री विद्यालयलाई सहयोग गरेको हो । उक्त सामग्री वडा अध्यक्ष भीम खड्काले विद्यालयका अध्यक्ष र प्रधानाध्याकलाई हस्तान्तरण गरेका थिए ।

वडा अध्यक्ष खड्काले गत बर्ष पनि आफूले विद्यालयलाई सहयोग गरेको बताउँदै अपाङ्गता भएका बालबालिकालाई सहयोग पुगोस भनेर चालु आर्थिक बर्षमा वडाबाट बजेट विनियोजन गरेर सहयोग गरेको बताए । ‘स्थानीय सरकार भनेको अभिभावक हो । हामीले कोलाई खान पुग्दैन, कोलाई समस्या छ भनेर हुर्नुपर्ने हुन्छ’ उनले भने ‘यस्ता बालबालिकालाई सहयोग गर्न सके मात्रै हामी अभिभावक भएको महशुस हुनेछ ।’

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.