कञ्चनपुरबाट अवैध काठ बरामद

कञ्चनपुर – कञ्चनपुरमा ३४ दशमलव ९५ क्युफिट अवैध काठ बरामद गरिएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ बाट सो परिणाममा काठ बरामद गरिएको हो।

maya metro hospital

इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले लालदाश रानाको घर पछाडीको आलु बारीमा खाडल खनी लुकाई राखेको अवस्थामा अवैध काठ बरामद गरिएको प्रहरीले बताएको छ। 

प्रहरीले विशेष सुचनाको आधारमा बरामद गरेको ३४ दशमलव ९५ क्युफिट काठलाई सव–डिभिजन बन कार्यालय बाणीमा बुझाएको छ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.